बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, राष्ट्रिय सभा निर्वाचनका बारेमा छलफल

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, राष्ट्रिय सभा निर्वाचनका बारेमा छलफल
फाइल तस्बिर

काठमाडौंः प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सञ्योजनमा गठबन्धनका शीर्ष नेताहरू बैठकमा सामेल छन्। 

बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनका विषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका कानुनविज्ञ केशवराज जोशीले बताए। बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू छन्। 

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने सहमति गरेका छन्। निर्वाचन आगामी माघ १२ मा हुँदैछ।

पुष १९, २०७८ सोमबार ११:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।