सुनको मूल्य प्रतितोला ३०० ले घट्यो

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ।
आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेर एक हजार २६५ कायम भएको छ।
पुष १९, २०७८ सोमबार ११:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।