अन टेस्ट ट्याक्टर पल्टिदा एक जनाको मृत्यु

अन टेस्ट ट्याक्टर पल्टिदा एक जनाको मृत्यु

कञ्चनपुरः जिल्लाको भीमदत्त नगरपालिका-१९ बागफाटामा गए राति ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्याक्टरमा सवार स्थानीय ३२ वर्षीय सुरेन्द्र विष्ट रहेका छन्।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्रादेशिक अस्पताल अत्तरियामा राति नै मृत्यु भएको हो। गए राति साढे ९ बजे अन टेस्ट ट्याक्टर पल्टिएको थियो।

ट्याक्टरसहित चालक नियन्त्रणमा रहेको प्रहरी चौकी बागफाटाले जानकारी दिएको छ।

पुष १९, २०७८ सोमबार ०९:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।