पर्सा प्रहरीद्वारा ६५ लाखको सामान बरामद

पर्साः जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली ल्याएको करिब ६५ लाख बराबरको सामान बरामद गरेको छ। खुद्रा सामान तथा औषधि लोड रहेको ट्रकसहित चालक चितवन राप्ती नपा वडा नं ४ का ३२ वर्षीय सुरेशकुमार लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिलविजकभन्दा बढी खुद्रा मालवस्तु तथा औषधि लोड गरी पोखरा लग्दै गरेको ना६ख ६६६७ नम्बरको ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नं ८ घण्टाघरबाट नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएको सामानसहित ट्रकको समेत ६५ लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ।
पुष १९, २०७८ सोमबार ०८:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।