माओवादी केन्द्रीय समितिको बैठक सोमवार

काठमाडौँ : राष्ट्रिय सम्मेलनलाई नै आठौँ महाधिवेशन बनाएर औपचारिकता मात्र पूरा गरेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सोमबार बस्ने भएको छ।
ललितपुरको हेरिटेज होटलमा ३ बजे नवनिर्वाचित केन्द्रीय समितिको बैठक राखिएको हो। सो बैठकले पदाधिकारीको चयन गर्नेछ। राष्ट्रिय सम्मेलन गर्दा पारित प्रस्तावका लागि पुन महाधिवेशन गर्नुपर्ने कानुनी बाध्यताका कारण अन्तिम समयमा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई आठौँ महाधिवेशन नामाकरण गरेको थियो।
महाधिवेशनबाट नयाँ नेतृत्व चयनको समेत कार्यसूची भए पनि अधिकांश समय पार्टी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनको छलफलमा बिताएको थियो।
नयाँ नेतृत्व चयन गर्न निर्वाचन कार्यक्रम सार्वजनिक भए पनि पछि सार्दै अन्तमा प्रचण्डले केन्द्रीय सदस्यको नाम पढेर सुनाउँदै महाधिवेशन सक्काएका थिए।
पुष १८, २०७८ आइतबार २१:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।