सामान्य निर्वाचन प्रक्रिया समेत पूरा नगरी सकियो माओवादी महाधिवेशन

सामान्य निर्वाचन प्रक्रिया समेत पूरा नगरी सकियो माओवादी महाधिवेशन

काठमाडौँ : पुष्पकमल दाहाल प्रचण्डले पढेको केन्द्रीय सदस्यको नामावली बन्द शत्रको हलले पारित गरेसँगै निर्वाचनको प्रक्रियामै नगई माओवादी केन्द्रको ८ औँ महाधिवेशन सकिएको छ।

२ सय ९९ सदस्यीय केन्द्रीय समितिमध्ये प्रचण्डले २ सय ३६ जनाको नाम बन्द शत्रमा पढेर सुनाए। अनि हलले अनुमोदन गरेको भन्दै निर्वाचन समितिले त्यसैलाई आधिकारिक मान्यो।

उम्मेदवारी मनोनयन दर्ता र निर्विरोधको प्रक्रिया समेत अपनाइएन। हलमा प्रचण्डले ६३ सिट खाली गरेर खुलातर्फ १ सय ११ र समावेशीतर्फ १ सय २५ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए। अब ६३ जना सदस्य सहित १५ सदस्यीय पदाधिकारी पहिलो बैठकले तय गर्ने छ बताइएको छ।

खुलातर्फ
खगराज भट्ट, माधव सापकोटा, युवराज दुलाल, लेखनाथ न्यौपाने, सालिकराम जमरकट्टेल, श्यामकुमार श्रेष्ठ, हरि दाहाल, महेश्वर दाहाल, हिमाल शर्मा, सन्तु दराई, कृष्ण सापकोटा, धर्मदत्त देवकोटा, मुक्ति प्रधान, गोपाल ठाकुर, जोखबहादुर बर्बरिया, राजु खड्का, प्रकाश पोखरेल, भरतकुमार शाह र अशोक मण्डल।

युवराज भट्टराई, अजयशंकर नायक, ईश्वरी भट्टराई, सुनिल मानन्धर, हरिबोल गजुरेल, प्रचण्ड, सुदन किराँती, किरण राई, हेमराज भण्डारी, वामदेव क्षेत्री, कृष्णबहादुर महरा, रामकुमार शर्मा, रामेश्वर राय यादव, प्रह्लाद बुढाथोकी तिलक शर्मा, शुकबहादुर रोका र  डोरप्रसाद उपाध्याय।

कुलप्रसाद केसी, गणेशमान पुन, गजेन्द्र महत, महेन्द्र बहादुर शाही, रामदीप आचार्य। रामकुमार शर्मा, शक्तिबहादुर बस्नेत, टेकबहादुर बस्नेत, जनार्दन शर्मा, कालीबहादुर मल्ल, कृष्ण ध्वज खड्का, वर्षमान पुन, ओमनाथ ढुङ्गाना, गङ्गा कार्की, पुष्पविक्रम मल्ल, डिलाराम आचार्य, लिलामणि पोखरेल, सुरेश कुमार आले मगर, हितराज पाण्डे, हितबहादुर तामाङ, दिनानाथ शर्मा, पम्फा भुसाल, देव गुरुङ, अमर गुरुङ, देवेन्द्र पौडेल, पूर्णकुमारी सुवेदी, महेन्द्र पासवान, गोपी अछामी र श्रीराम ढकाल।

दलिततर्फ
विष्णु बहादुर बिक, जगत पार्की, सुबोध श्रीपाइली, पार्वती बिक, अञ्जना विशञ्खे, गीता नेपाली, धनमाया बिक, लक्ष्मी बिक, शान्ति नेपाली, दुर्गा बिक, सीता गहतराज र पम्फा बसेल।

खस आर्यतर्फ (पुरुष, महिला र युवा)
नारायण दाहाल, सूर्य सुवेदी, धीरेन्द्र शर्मा वसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवेन्द्र पराजुली, हरिराज अधिकारी, विजय भण्डारी, दुर्गा चापागाईँ, दानबहादुर सोडारी, यशोदा न्यौपाने र विमल सिंह।

दीपा सिम्खडा, गीता सुवेदी, कृष्ण शाही, अम्बिका बुढाथोकी, गोमा कुँवर, रुकु चौलागाईं, रुक्मिणी गौतम, हरिमाया शर्मा, आशा कोइराला, सीता पोख्रेल, कल्पना धमला, गङ्गा बेल्बासे, दामाकुमारी शर्मा, देवी खड्का, धर्मशीला चापागाईँ, नारायणी शर्मा, बलावती शर्मा, विमला सुवेदी, रेणु चन्द, रेणु दाहाल, सत्या पहाडी, समिता कार्की, सुशीला सिम्खडा, दीपा सिम्खडा, ज्ञानु बस्नेत, लक्ष्मी न्यौपाने, र मञ्जु बम।

थारुतर्फ (पुरुष,महिला र युवा)
सन्तकुमार चौधरी, एकनारायण चौधरी, रुपा चौधरी, अञ्जना चौधरी, अन्जु चौधरी, दीपा चौधरी, कृष्ण चौधरी र रामकुमारी चौधरी।

आदिवासी जनजातितर्फ  (पुरुष, महिला र युवा)
अजम्बर राई काङमाङ, रामकुमार राई, मानबहादुर मगर, जीतबहादुर योञ्जन, दीपेन्द्र पुन मगर, अमृता थापा, ओनशरी घर्ती, कमला रोका, कुमारी मोक्तान, तारा घर्ती, पार्वती थापा, लक्ष्मी पुन, सरिता तामाङ, प्रतिभा पुन, उर्मिला लामा, लालकुमारी पुन, मधु खापुङ, सीता थेबे, इन्द्र आङ्बो, हेमकुमार राई, डम्बर घर्ती मगर, बिना मगर, आर तामाङ र कमला पहाडी ।

मधेसीतर्फ 
रामकुमार यादव, उपेन्द्र मेहता, बोधमाया कुमारी यादव र सुनिताकुमारी महतो।

अपाङ्गतर्फ
चूडामणि खड्का, घनश्याम यादव र चम्पा कार्की

मुस्लिमतर्फ
हकिकुल्लाह मुसलमान

पुष १८, २०७८ आइतबार २१:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।