जनमत पार्टीका जिल्ला अध्यक्षसहित १२ जना पक्राउ

जनमत पार्टीका जिल्ला अध्यक्षसहित १२ जना पक्राउ

बुटवल : रुपन्देही प्रहरीले जबरजस्ती सडकमा प्रदर्शन गर्ने जनमत पार्टीका १२ जना कार्यकर्तालाई पक्राउ गरेको छ। भैरहवा परासी सडक खण्ड र भैरहवा–लुम्बिनी सडकमा प्रदर्शन गर्दै गर्दा १२ जना जनमत पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा जिल्ला उपाध्यक्ष सहित अन्य कार्यकर्ता रहेका छन्। 

रुपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलका अनुसार पक्राउ पर्नेमा रुपन्देही जिल्ला उपाध्यक्ष शम्भुप्रसाद यादव समेत रहेका छन्।

त्यस्तै कार्यकारी सदस्य विजय यादव, जिल्ला सदस्य सुदिप चौधरी, रोहिणी पार्टी कमिटी अध्यक्ष विष्णु चौधरी, राजकुमार कोइरी, प्रमोद गुप्ता, हिरामन हरिजन, राजेन्द्र यादव, धर्मेन्द्र यादव, सुनिल गुप्ता, राजप्रसाद वराउ, भरतकुमार यादव छन्। 

पुष १८, २०७८ आइतबार २०:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।