केन्द्रीय सदस्यमा प्रचण्डका छोरी, बुहारी र भतिज

केन्द्रीय सदस्यमा प्रचण्डका छोरी, बुहारी र भतिज

काठमाडौँ : पार्टी र सरकारमा परिवारवादमा धेरै फसेको आरोप खेप्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यमा आफ्नै परिवारका सदस्यलाई प्राथमिकता दिएका छन्।

प्रचण्डले बन्द सत्रमा २ सय ३६ जना केन्द्रीय सदस्यहरूको नाम पढेका थिए। जसमा दाइको छोरा नारायण दाहाल, छोरी रेणु दाहाल र बुहारी बिना मगरको नाम समेत छ। नारायण दाहाललाई उनले खस समूहबाट केन्द्रीय सदस्यमा प्रस्ताव गरेका हुन्। छोरी रेणु खस आर्य महिला र बुहारी विना जनजाति क्ल्स्टरबाट केन्द्रीय सदस्यमा परेका हुन्।

विना प्रकाश दाहालसँग विवाह गर्नु अगाडिबाटै माओवादीको राजनीतिमा सक्रिय थिइन्। उनी खानेपानी मन्त्री समेत भएकी थिइन्। नारायण दाहाल पनि पार्टी राजनीतिमा सक्रिय नै छन्। धेरैले उनलाई प्रचण्डको भाइको रूपमा हेर्छन्। उनको छोरी रेणु भरतपुर महानगरपालिकाको मेयर छिन्।

पुष १८, २०७८ आइतबार १९:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।