माओवादी केन्द्रमा को-को बन्दैछन् केन्द्रीय सदस्य !

काठमाडौँ : निर्वाचन टार्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सदस्यहरूको नाम वाचन गरेर सुनाएका छन्। निर्वाचन कार्य तालिका बनाए पनि लोकतान्त्रिक विधिबाट भन्दा सर्वसम्मतको नाममा उनले आफू अनुकूल केन्द्रीय सदस्यहरूको नाम पढेर सुनाएका हुन्।
उनले खस आर्य महिलातर्फ आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गङ्गाकुमारी बेलबासे, जाना कुमारी शर्मा, देवी खड्का, धर्मशीला चापागाईँ, नारायणी शर्मा, बलावती शर्मा, विमला सुवेदी ,रेणु चन्द, रेणु दाहाल, सत्या पहाडी, सङ्गीता कार्की, लक्ष्मीदेवी न्यौपाने, मञ्जु बम, कुन्ती जोशी, टिका बुढाथोकी, गोमा कुँवर, काली चलाउने, लुम्बिनी गौतम र हरिमाया शर्माको नाम प्रस्ताव गरे।
खस आर्य युवा महिलामा यशोदा न्यौपाने, ओमकुमारी पौडेल, विमला सिंह, दीपा सिम्खडा, गीता तिम्सिना र कृष्णा शाहको नाम प्रस्ताव गरे।
दलित पुरुषतर्फ विष्णुबहादुर विक, यमबहादुर परियार, जगत पार्कीको नाम सुनाए। दलित महिलातर्फ अञ्जना विशखे, सुशीला श्रीर्पाइली, सीता गौडेल, मानकुमारी नेपाली, सीता नेपाली, धनमाया विक, लक्ष्मी विक, शान्ति नेपाली, गीता गहतराज, दुर्गाकुमारी विक र पम्फा बसेलको नाम प्रस्ताव भएको छ।
युवा ४० वर्ष मुनिमा सुबोध श्रीर्पाइली, महिला दलित युवामा पार्वती विकको नाम प्रस्ताव भएको छ। यसै गरी खस आर्य पुरुष युवा ४० वर्ष मुनिमा विजय भण्डारी, दुर्गाप्रसाद चापागाईँ, अनिल शर्मा र लालबहादुर सोडारीको नाम प्रस्ताव भएको छ।
खस आर्यतर्फ नारायणप्रसाद दाहाल, सूर्यराज सुवेदी, धीरेन्द्र प्रधान, नरबहादुर विष्ट, वसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, तारानाथ स्वाँर, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली र अच्युतम काफ्लेको नाम रहेको छ।
पुष १८, २०७८ आइतबार १९:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।