मलामी बोकेको बस दुर्घटना: मृतकको सङ्ख्या ८ पुग्यो

बुटवलः मलामी बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ। यसअघि घटनास्थलमै ७ जनाको मृत्यु भएकोमा थप एक जनाको उपचारको क्रममा मृत्यु भएको हो।
रुपन्देहीको बुटवल उपमहानगरपालिका- १७ रानिगञ्जका ७० वर्षीय वीरबहादुर विश्वकर्माको शव दाहासंस्कारका लागि धार्मिक तीर्थस्थल रिडि लैजाँदै गर्दा शव बोकेको बस पाल्पामा दुर्घटना भएको हो। लु२ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लगुवामा दुर्घटनामा परेको थियो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुनै बाँकी छ।
३६ जना मलामी सवार बस बाटो चिप्लो हुँदा सडकबाट करिब ५० मिटर तल झरेर दुर्घटनामा परेको हो।
पुष १८, २०७८ आइतबार १४:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।