मलामी चढेको बस दुर्घटना: ७ जनाको मृत्यु, ८ जना घाइते

रुपन्देहीः बुटवलबाट शव लिएर गुल्मीकाे रिडी जाँदै गरेको बस पाल्पाकाे पाल्पा रिब्दिकोट-२ लगुवामा दुर्घटनामा परेको छ। लु२ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएकाे छ।
३५ जना मलामी सवार बस दुर्घटना हुँदा ८ जना घाइते भएको हार्थोक प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा प्रहरी पुगेकाे छ।
उद्धार कार्य जारी रहेकाे प्रहरीले जनाएको छ।
पुष १८, २०७८ आइतबार १२:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।