‘डिजिटल गाउँपालिका’ भयो बागलुङको काठेखोला

बागलुङः जिल्लाको काठेखोला गाउँपालिका ‘डिजिटल गाउँपालिका’ भएको छ। कार्यालयबाट प्रदान हुने सबै काम अनलाइन प्रणालीमार्फत सञ्चालन हुने भएपछि काठेखोला ‘पेपर लेस’ गाउँपालिका बनेको हो।
दश स्थानीय तह रहेको बागलुङमा यस्तो सेवा सञ्चालन गर्ने काठेखोला जिल्लाकै पहिलो गाउँपालिका बनेको हो।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कनमा काठेखोला पहिलो भएको थियो। यसअघि नै गाउँपालिकाले आफूलाई ‘डिजिटलाइज्ड’ गाउँपालिका घोषणा गरेर अभियान थालेको थियो।
गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले भने, 'विभिन्न घटना दर्तादेखि पञ्जीकरणका काम सबै वडाबाट अनलाइन प्रविधिमा प्रविष्ट गर्ने हाम्रो गाउँपालिका देशकै पहिलो हो।'
गाउँपालिकाको राजश्व सङ्कलनको काम समेत अनलाइन प्रविधिबाट गर्ने गरिएको छ। 'अब किसानका उत्पादनदेखि बजारीकरणका लागि आवश्यक कृषि एपको तयारीमा छौँ', उनले भने।
पुष १८, २०७८ आइतबार १२:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।