ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ३१८ लाई कारबाही

ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ३१८ लाई कारबाही

काठमाडौंः ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ३१८ जना चालकहरूलाई हिजो काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ।

मदिरा पिएर सवारी साधन चलाउने ९५ जना, फुटपाथमा पार्किङ गर्ने १०३ जना, जथाभावी यात्रु चढाउने र ओराल्ने ५१ जना, रातो बत्तीको उल्लंघन गर्ने ५४ जना, ढोका खुल्लै राखेर सवारी गुडाउँदै गरेका ४७ जना र क्षमताभन्दा बढी यात्रु राख्ने ३५ जना चालकहरू कारबाहीमा परेका हुन्।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गर्दै आएको छ। 

पुष १८, २०७८ आइतबार ११:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।