दुई वटा मोटरसाइकल ठोकिँदा दुवै चालकको मृत्यु

दुई वटा मोटरसाइकल ठोकिँदा दुवै चालकको मृत्यु

सप्तरीः जिल्लाको सप्तकोशी नगरपालिका- ४ तुलसीटोलमा हिजो साँझ दुई वटा मोटरसाइकल एकापसमा ठोकिँदा दुवै चाकलको मृत्यु भएको छ। सोही दुर्घटनामा ४ जना घाइते भएका छन्।

को२२प १५५८ नम्बरको मोटरसाइकल र स५प ३११८ नम्बरको मोटरसाइकल हिजो साँझ साढे ६ बजे आपसमा ठोकिएका हुन्। गम्भीर घाइते भएका मोटरसाइकल चालकहरू सप्तरीकै कञ्चनरूप नगरपालिका-७ का ३५ वर्षीय शुभाष बस्नेत र उदयपुरका चौदण्डीगढी नगरपालिका- ९ का २८ वर्षीय हरिशंकर चौधरीको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।

घाइते भएका दुवै मोटरसाइकलमा सवार ४ जनाको भने गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

पुष १८, २०७८ आइतबार ०९:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।