पश्चिमी वायुको प्रभाव: तराईमा बाक्लो हुस्सु, पहाडमा आंशिक बदली

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल प्रदेश नं. १ र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरूमा आंशिक बदली रहेको छ।
यता पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।
आज दिउँसो देशभर आंशिक बदली हुनेछ। राति पनि बदली हुने र प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
पुष १८, २०७८ आइतबार ०७:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।