माओवादी महाधिवेशन : विधान पारित भएसँगै चुनावी प्रक्रिया 

माओवादी महाधिवेशन : विधान पारित भएसँगै चुनावी प्रक्रिया 

महाधिवेशन प्रचार प्रसार उपसमितिले बिहान ११ बजे सुरु हुने बन्द सत्रमा स्थायी कमिटी सदस्य देव गुरुङले जवाफ दिने कार्यक्रम रहेको जानकारी दिएको हो। 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन भने शुक्रबार नै पारित भइसकेको छ। गुरुङले जवाफ दिएपछि विधान मस्यौदा पनि पारित हुने माओवादीले जनाएको छ। 

माओवादीको महाधिवेशनले शनिबार नै नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। महाधिवेशनको हलले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने र २९९ सदस्यले १५ जना पदाधिकारी चयन गर्ने माओवादीको निर्वाचन आयोगले जनाएको छ। 

पुष १७, २०७८ शनिबार ०८:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।