प्रधानसेनापति शर्मा : बिदा लिएर भारत जाने

उनले बिदा लिएरै आफ्नो स्वास्थ्य परीक्षण गराउन भारत जान लागेकाे सेनाले जनाएको छ।
भारत जाने प्रधानसेनापति शर्माको मन्त्रिपरिषद्ले बिदा स्वीकृत गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। शर्मा पुस १८ देखि ३० गतेसम्म बिदामा बस्नेछन्।
प्रधानसेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हालेछन्।
पुष १६, २०७८ शुक्रबार २१:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।