छोराको कुटपिटबाट बुवाको मृत्यु

मोरङः जिल्लाको रतुवामाई नगरपालिका-९ डिपो बस्ने ५७ वर्षीय दीपनारायण धामीको उनकै छोराको कुटपिटबाट मृत्यु भएको छ।
मादक पदार्थ सेवन गरी हो-हल्ला गरेको विषयलाई लिएर उनकै छोरा ३६ वर्षीय अर्जुन धामीले मंगलबार कुटपिट गर्दा दीपनारायणको मृत्यु भएको हो।
सुरुमा गम्भीर घाइते भएका दीपनारायणको अरनिको अस्पताल उर्लाबारी हुँदै नोबेल अस्पताल विराटनगरमा थप उपचारपछि घरतर्फ लैजाने क्रममा बिहीबार साँझ बाटोमै मृत्यु भएको हो। दीपनारायण घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले अर्जुनलाई पक्राउ गरेको थियो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
पुष १६, २०७८ शुक्रबार १३:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।