भारतको राजधानी दिल्लीमा समुदायस्तरमा फैलियो ओमिक्रोन

एजेन्सीः भारतको राजधानी दिल्लीमा समुदायस्तरमै कोरोनाको नयाँ भेरियन्ट 'ओमिक्रोन' फैलिएको पुष्टि भएको छ। दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले ओमिक्रोन समुदायस्तरमै पुगेको बताएका हुन्।
यस्तै उनले पछिल्लो समय थपिएका नयाँ सङ्क्रमितमध्ये ४० प्रतिशतभन्दा बढीमा ओमिक्रोनै पाइएको पनि बताएका छन्।
हाल दिल्लीमा ट्राभल हिस्ट्री नभएका नागरिकमा पनि ओमिक्रोन पाइएको छ। यस्तै हाल दिल्लीसहित विभिन्न राज्यमा ओमिक्रोन तीव्र गतिमा फैलिएको पनि उनले बताएका छन्।
पुष १६, २०७८ शुक्रबार १२:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।