माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौंः नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। बैठकमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा पुष्पकमल दाहाल  'प्रचण्ड'ले पेश गरेको प्रतिवेदनमाथि आएका सुझावबारे छलफल हुनेछ।

महाधिवेशनअन्तर्गत बन्द सत्रमा प्रचण्डले '२१औं शताब्दीमा समाजवादको नेपाली बाटो' शीर्षकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।त्यसपछि प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ समूह बनाइएको थियो। 

पुष १६, २०७८ शुक्रबार १२:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।