सुनको मूल्य तोलामा ६ सयले वृद्धि

सुनको मूल्य तोलामा ६ सयले वृद्धि

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६ सयले बढेको छ। आज छापावाल सुनको बजार मूल्य ९२ हजार ७ सय रुपैयाँ तोकिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार २०० छ।

चाँदीको मूल्य भने आज प्रतितोला १५ रुपैयाँँले बढेको छ। चाँदी तोलामा एक हजार २६० तोकिएको छ।

पुष १६, २०७८ शुक्रबार १२:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।