प्रहरीको भ्यानसँग ठोकिएर दुर्घटना भएको विषय छानबिन गर्न समिति गठन

सर्लाहीः जिल्लाको ईश्वरपुर नगरपालिकामा सवारी दुर्घटनामा परी ज्यान गुमाएको घटनाको छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा समिति गठन गरिएको छ। पाँच दिनअघि प्रहरीको भ्यानसँग मोटरसाइकल ठोक्किँदा स्थानीय रामकुमार महतोको ज्यान गएको थियो।
पीडित पक्षले सहमतिबिना शव बुझ्न आनाकानी गरेपछि छानबिन समिति गठन गरिएको हो। पीडित पक्षले शव नबुझ्दा यसअघि ईश्वरपुरमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञा आज पनि लागू छ।
हाल घटनाको निष्पक्ष छानबिन गर्न प्रदेश नं २ दङ्गा नियन्त्रण प्रहरी गण ढल्केबर धनुषाका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताएका छन्।
पुष १६, २०७८ शुक्रबार ११:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।