माओवादी महाधिवेशन: दिउँसो १ बजे बन्द सत्र, प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिइने

काठमाडौंः नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको आज छैटौं दिन हो। आज पनि बन्द सत्रको कार्यक्रम रहेको छ।
आजको बन्द सत्रमा पुष्पकमल दाहालले आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिनेछन्। यस्तै आजै नेता देव गुरुङले पनि विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिनेछन्।
जवाफ दिने कार्यक्रम सकिएपछि राजनीतिक प्रतिवेदन र विधान मस्यौदा पारित हुनेछ। आजै लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन समेत प्रस्तुत गर्ने तयारी छ।
पार्टीको निर्वाचन आयोग प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार यी प्रक्रिया सकिएपछि केन्द्रीय सदस्य चयन गर्ने प्रक्रिया अघि बढ्नेछ। निर्वाचन तालिका प्रकाशन हुनेछ।
पुष १६, २०७८ शुक्रबार १०:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।