दुई वटा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु, चार घाइते

कञ्चनपुरः जिल्लाको बेलौरी नगरपालिका-५ मा गए राति दुई वटा मोटरसाइकल एकापसमा ठोकिदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा अन्य ४ जना घाइते भएका छन्।
रामनगरबाट बेलौरीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००९प ३७२६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको से३ प २४ नम्बरको मोटरसाइकल गए राति साढे १० बजे आपसमा ठोकिएका हुन्।
गम्भीर घाइते भएका ३७२६ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका २ का १९ वर्षीय विमल रानाको उपचारका क्रममा ईसान मेमोरियल अस्पताल बेलौरीमा मृत्यु भएको हो। सामान्य घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
पुष १६, २०७८ शुक्रबार ०९:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।