त्रिभुवन विमानस्थलमा उडान अवतरण ठप्प

काठमाडौंः आज बिहानैबाट लागेको बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवतरण ठप्प भएको छ। हुस्सुका कारण भिजिबिलिटी एक सय मिटरमा झरेपछि उडान अवतरण ठप्प भएको हो।
सामान्यता उडानका लागि ३ हजार मिटरको भिजिबिलिटी चाहिने गर्छ। तर हाल विमानस्थलमा १ सय मिटरको मात्र भिजिबिलिटी रहेको छ।
हाल आन्तरिक तथा बाह्य दुवै उडान हुन सकेको छैन। कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुई विमान अवतरण हुन सकेका छैनन्।
मौसम पूर्वानुमान महाशाखाले आज बिहानैबाट देशका अधिकांश भागमा हुस्सु लाग्ने जनाएको थियो।
पुष १६, २०७८ शुक्रबार ०९:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।