बाइडेनलाई पुटिनको चेतावनी: थप प्रतिबन्धले सम्बन्ध बिग्रन सक्छ

बाइडेनलाई पुटिनको चेतावनी: थप प्रतिबन्धले सम्बन्ध बिग्रन सक्छ

एजेन्सीः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई चेतावनी दिएका छन्। युक्रेनमाथि थप प्रतिबन्ध लगाए रुस-अमेरिका सम्बन्ध बिग्रन सक्ने भन्दै पुटिनले बाइडेनलाई चेतावनी दिएका हुन्। 

बिहीबार फोनवार्ता गर्दै पुटिनले प्रतिबन्धहरू 'ठूलो गल्ती' हुने बताएका हुन्। यसैक्रममा बाइडेनले पुटिनलाई अमेरिका र यसका पक्षधर मुलुकले युक्रेनमाथिको हस्तक्षेपबारे निर्णायक कदम चाल्ने जवाफ दिएका छन्। 

करिब एक घण्टा चलेको फोनवार्ता रुसी राष्ट्रपतिको तर्फबाट पहल गरिएको थियो। 

युक्रेनको रुससँग जोडिएको पूर्वी सीमानामा जारी संकटको समाधान गर्न दुवै देशका राष्ट्रपतिको वार्ता भएको हो। युक्रेनका अधिकारीहरूका अनुसार एक लाखभन्दा बढी रुसी सेनाहरू त्यहाँ तैनाथ छन्।

रुसले भने ती सेनाहरू आफ्नो भूमिका रहेको र तालिम गरिरहेको बताएको छ। यस्तै युक्रेनमाथि आक्रमण गर्ने कुनै योजना नरहेको पनि दावी गरेको छ। 

यसअघि पनि युक्रेनमाथि आक्रमण गरिए रुसले कहिल्यै नभोगेको प्रतिबन्ध भोग्ने अमेरिकाले चेतावनी दिएको थियो। 

पुष १६, २०७८ शुक्रबार ०७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।