पश्चिमी वायुको प्रभाव: धेरै स्थानमा हुस्सु, केही स्थानमा हिमपात

काठमाडौंः नेपालका अधिकांश स्थानहरूमा आज बिहानैदेखि हुस्सु लागेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ।
यति बेला देशैभर आंशिक बदली रहेको छ। आज दिउँसो गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। यस्तै राती प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ।
बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दूई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
पुष १६, २०७८ शुक्रबार ०७:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।