सुर्खेतमा पक्राउ परेका दुई जनाको नाम सार्वजनिक भएन  

सुर्खेतमा पक्राउ परेका दुई जनाको नाम सार्वजनिक भएन  

सुर्खेत : प्रहरीले सुर्खेतमा लागू औषध ओसारपसार गरिरहेका चार जनालाई पक्रेको जनाएको छ।

ज्ञानु पौडेल र पूजा खनाललाई सुब्बाकुनाबाट पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

मंगलगढी चौकबाट पक्राउ परेका अन्य दुई जनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। प्रहरीले पौडेलको साथबाट एक ग्राम ७७० मिलिग्राम खैरो धुलो पदार्थ र एक ग्राम ५४० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो बरामद गरेको जानकारी दिएको छ। 

प्रहरीका अनुसार खनालको साथबाट नाईट्राभेट ७८ पिस ट्याब्लेट, कोरेयक्स ३.५ सिसि, ट्रामाडोल ३७ पिस ट्याब्लेट, अलफा जोलन ४० पिस ट्याब्लेट फेला परेको छ। 

प्रहरीले कर्णाली प्रदेश ०२००१ प ९०१९ नम्बरको यमाहा मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए।

पुष १५, २०७८ बिहीबार १८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।