लेखनाथलाई प्रचण्डको जवाफ, फरक मत कडा छैन

काठमाडौँ : नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन संशोधनसहित पारित हुने बताएका छन्।
पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनप्रति समर्थन रहेको दाबी प्रचण्डले गरे।
अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले आफ्नो दस्ताबेजप्रति राखेको फरक मत केही कडा नरहेको प्रचण्डको भनाई छ।
महाधिवेशन स्थल प्रज्ञा भवनमा बसेको माओवादी स्थायी कमिटीको बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचण्डले शुक्रबार आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने जानकारी दिए।
प्रचण्डले केन्द्रीय सदस्यको निर्वाचन हुने र निर्वाचित केन्द्रीय सदस्यले पदाधिकारी चुन्ने बताए।
पुष १५, २०७८ बिहीबार १७:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।