कोरोनाबाट हुने मृत्यु शून्य

काठमाडौँ : नेपालमा कोरोनाबाट हुने मृत्यु शून्य भएको छ। नेपालमा फागुन १ गते कोरोनाका कारण हुने मृत्यु शून्य थियो। कोरोना निको हुने दर ९८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
नेपालमा बुधबारसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९० पुगेको थियो। मृतकको सङ्ख्या नबढेको मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा ८ हजार ८९७ कोरोना परीक्षणमा २४१ जनामा सङ्क्रमण पुष्टि भएको छ। २२८ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।
मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ८७१ रहेको छ। १०३ जना क्वारेनटाइनमा रहेका छन्।
पुष १५, २०७८ बिहीबार १७:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।