प्रचण्डपथबारे सहयात्रीको टिप्पणी, माछाले फुल पारेर छोडे जस्तो

प्रचण्डपथबारे सहयात्रीको टिप्पणी, माछाले फुल पारेर छोडे जस्तो

काठमाडौँ : नेकपा माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनमा प्रचण्ड पथ ब्युँताउनु पर्ने माग भएको छ। माओवादी बागमती प्रदेशका संयोजक सरल सहयात्रीले २०६५ सालमा प्रचण्ड पथ त्याग्नु गल्ती भएको बताए। 

उनले प्रचण्डपथलाई भरखरै जन्माएको बच्चालाई अनाथालयमा लगेर राखिएको संज्ञा दिए। ‘२०५७ सालमा सहरिया आन्दोलनको पनि फ्युजन गरेर जान सकिन्छ भन्ने थियो’,उनले भने,‘२०६५ सालमा त्यागियो।’ 

प्रचण्डपथ ब्युँताएर दलाल पुँजीवादका विरुद्ध लड्नु पर्ने उल्लेख गरे। उनले राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नुपर्ने बताए। ‘प्रचण्ड विचारकै रूपमा उठ्ने बेला भएको छ कि छैन’, उनले भने,‘यो माओवादीको युग हो, यहाँ प्रचण्डपथ चाहिन्छ।’ 

उनले प्रचण्डपथ ‘माछाले फुल पारेर छोडे जस्तो’ भएको टिप्पणी गरे। उनले राजतन्त्र ढालेर आएको परिवर्तनको क्रेडिट माओवादीले पाउनु पर्ने तर्क गरे। उत्पीडनमा परेका व्यक्तिको परिवर्तनका लागि माओवादीले युद्ध लडेको दाबी उनको थियो। 

पुष १५, २०७८ बिहीबार १६:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।