प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सुझाव: शीर्षक समयानुकूल भएन, प्रचण्डपथ ब्युँत्याउनु पर्‍यो

प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सुझाव: शीर्षक समयानुकूल भएन, प्रचण्डपथ ब्युँत्याउनु पर्‍यो

काठमाडौंः नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको नाम परिवर्तन गर्न सुझाव दिइएको छ। बन्द सत्रको चौथो दिन उपत्यका विशेष प्रदेशतर्फबाट नेता जगत सिम्खडाले प्रतिवेदनको शीर्षक परिवर्तन गर्न सुझाव दिएका हुन्।

उनले भने, 'शीर्षक समयाअनुकूल भएन कि! परिवर्तन गरेर ‘समाजवादी क्रान्तिको नेपाली बाटो’ राख्न उपयुक्त हुन्छ भन्ने लाग्छ।' 

यस्तै उनले प्रचण्डपथलाई ब्युँत्याउनुपर्ने पनि बताएका छन्। 'हाम्रो छलफलमा प्रचण्डपथलाई ब्युँत्याइनुपर्ने सुझाव पनि आएको छ। यो पनि मैले यहाँ राखें', उनले भने।    

समूह १३ का टोली नेता गोपाल शर्माले पनि प्रचण्डपथ ब्युँत्याइनुपर्ने बताएका छन्।  'प्रचण्डपथमा के गल्ती थियो र छोडियो, छोड्नु गल्ती थियो भन्ने हो भने संश्लेषण गरेर किन अगाडि नबढाउने? अब जे आएको छ यसलाई प्रचण्ड विचारधाराको रूपमा अघि बढाइनुपर्ने उपयुक्त देख्छु', उनले भने, 'प्रचण्डपथलाई ब्युँताए पश्चगमन हुन्छ भनेर राजनीतिक प्रतिवेदनमा प्रस्तुत गरिनु आफैंमा विरोधाभाषपूर्ण धारणा हो। यसमा संशोधन आवश्यक छ।'

पुष १५, २०७८ बिहीबार १४:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।