सुन तोलामा ४ सयले घट्यो, चाँदी १५ रुपैयाँले 

सुन तोलामा ४ सयले घट्यो, चाँदी १५ रुपैयाँले 

काठमाडौंः नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९२ हजार १०० तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० कायम भएको छ। बुधबार तेजाबी सुन प्रतितोला ९२ हजार तोकिएको थियो।

आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २४५ पुगेको छ।

पुष १५, २०७८ बिहीबार १३:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।