र्‍यापर 'लाहुरे' लागूऔषध सेवन गरेको आरोपमा पक्राउ

र्‍यापर 'लाहुरे' लागूऔषध सेवन गरेको आरोपमा पक्राउ

काठमाडौंः र्यापर 'लाहुरे' लागूऔषध सेवन गरेको आरोपमा पक्राउ परेका छन्। ब्राउनसुगर किन्दाकिन्दै * पोखराको न्युरोडबाट उनलाई बुधबार पक्राउ गरिएको हो।

उनीसहित अन्य ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताएका छन्। पक्राउ परेका अन्य लागूऔषध बिक्री वितरण गर्ने गिरोह भएको प्रहरीले जनाएको छ। यस्तै लाहुरेमाथि नै पनि लागूऔषध कारोबारको आशंका गरिएको छ। 

थापाले शुक्रबार अनुसन्धानका लागि अनुमति लिएर थप प्रक्रिया अघि बढाइने बताएका छन्। हाल प्रशारण भइरहेको रियालिटी शो 'हिमालय रोडिज'का निर्णायक समेत रहेका लाहुेरको बास्तविक नाम आशिष राना हो।

* सच्याइएको

पुष १५, २०७८ बिहीबार १२:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।