नाकामा आयात-निर्यात सहज बनाउन चीनलाई मन्त्री रेग्मीको आग्रह

नाकामा आयात-निर्यात सहज बनाउन चीनलाई मन्त्री रेग्मीको आग्रह

काठमाडौंः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमा नाकाबाट सहज रूपमा सामान आयात-निर्यात हुने व्यवस्था गर्न चीनलाई आग्रह गरेकी छिन्। तातोपानी र केरुङ नाकाबाट अझै पनि सामान आयात-निर्यातमा कठिनाइ भएको भन्दै उनले यस्तो अवस्था अन्त्य गर्न आग्रह गरेकी हुन्।

बुधबार चाइना फाउण्डेसन फर पोभर्टी एलिभेशन नेपालको छैटौं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले चीनले भूकम्प, कोभिड जस्ता महामारीमा सहयोग गरेकोमा प्रशंसा समेत गरेकी थिइन्। ‘दुःख पर्यो भने हेर्ने छिमेकीले हो’, मन्त्री रेग्मीले भनिन्, ‘नाकाबन्दीको बेला नेपालले चीनबाट सहयोग पाएको छ।’

छिमेकी देशहरूबीच सहयोगको अपेक्षा हुने बताउँदै उनले सीमानाकाबाट सहजरूपमा सामान भित्रन पाउनुपर्ने बताएकी हुन्। 

पुष १५, २०७८ बिहीबार १२:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।