माओवादी महाधिवेशन: आजको बन्द सत्र सुरु

माओवादी महाधिवेशन: आजको बन्द सत्र सुरु

काठमाडौंः नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको आज पाँचौं दिन पनि बन्द सत्र नै जारी छ। प्रज्ञा प्रतिष्ठान कमलादीमा आजको बन्द सत्र सुरु भइसकेको छ।

पार्टी निर्वाचन आयोग प्रमुख विष्णुपुकार श्रेष्ठले आज विधान संशोधन प्रस्ताव पास भएपछि केन्द्रीय कमिटीको निर्वाचन तालिका प्रकाशन गरिने बताएका छन्।

माओवादीको बन्द सत्रको पहिलो दिन निवर्तमान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले '२१औं शताब्दीमा समाजवादको नेपाली बाटो' शीर्षकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने नेता देव गुरुङले विधान संशोधन प्रस्ताव पेश गरेका थिए। 

पुष १५, २०७८ बिहीबार ११:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।