भक्तपुरमा कार दुर्घटना: एक जनाको मृत्यु, दुई घाइते

भक्तपुरमा कार दुर्घटना: एक जनाको मृत्यु, दुई घाइते

काठमाडौंः भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीव्र गतिको कार दुर्घटना हुँदा अन्य दुई जना घाइते भएका छन्। 

मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा बा४च ५७६ नम्बरको कार तीव्र गतिमा आइ सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो। कारमा सवार धनुषा जनकपुर उपमहानगरपालिका–१५ घर भई काठमाडौंको शान्तिनगर बस्ने २२ वर्षीय अभिषेक साहको राति सवा ९ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए। 

कारले गुडिरहेको बा२ज ५३३८ नम्बरको ट्याक्सीलाई समेत ठक्कर दिएको थियो।

दुर्घटनालगत्तै घाइते भएका तीनै जानलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो। दुर्घटनामा कार चालक सिन्धुली कमलामाई नगरपालिका–१२ का २५ वर्षीय सविन घिसिङ गम्भीर घाइते भएका छन्।

यस्तै ट्याक्सी चालक रामेछापको मन्थली नगरपालिका–१२ का ललितपुर बस्ने ३२ वर्षीय भीमसेन खत्री भने राति उपचारपछि घर फर्किएको पाण्डेले बताए। 

दुर्घटनापछि कार पूर्णरूपमा क्षति भएको छ।

पुष १५, २०७८ बिहीबार १०:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।