आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

काठमाडौंः गुरुङ समुदायको नयाँ वर्षको रूपमा रहेको तमु ल्होसार पर्व आज मनाइँदै छ। विक्रम सम्वतको पात्रोअनुसार पुस १५ मा यो पर्व मनाउने गरिन्छ।
अघिल्लो साँझबाटै पूजापाठ, भोजभतेर, नाचगान गरी आधा रातसम्म जागेर ल्होसारको स्वागत गरिन्छ।
नेपाल सरकारले आज तमु ल्होसारमा सार्वजनिक बिदा दिएको छ। हिजो बसेको मन्त्रिपरिषद्को बैठकले आज देशैभरको सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदाको निर्णय गरेको हो।
पुष १५, २०७८ बिहीबार ०७:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।