मौसम अपडेट: देशैभर बदली, कतै वर्षा कतै हिमपात

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशैभर मौसम बदली हुने जनाएको छ। हाल पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा रहेको छ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ।
आज दिउँसो पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। यस्तै आज राति पनि यही मौसम प्रणाली रहनेछ।
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
पुष १५, २०७८ बिहीबार ०७:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।