रेमिटेन्सको १६ करोड हिनामिनाको आरोपमा सप्तकोसी बैङ्कका सिइओ पक्राउ

काठमाडौँ : बैङ्कको करिब १६ करोड रकम घोटाला गरेको आरोपमा सप्तकोसी डेभलपमेन्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नवीन सुवेदीसहित चार जना पक्राउ परेका छन्।
बैङ्कको रेमिटेन्सको १५ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा सिइओ सुवेदीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले सुवेदीसहित अमित थापामगर, देवीप्रसाद भण्डारी र हिमाल भट्टराईलाई समेत पक्राउ गरेको छ।
बैङ्कको १५ करोड ७५ लाख ४० हजार रुपैयाँ हिनामिना गरेको मुद्दामा सुवेदीसहित चार जनालाई पक्राउ गरिएको मोरङ प्रहरी कार्यालयले पुष्टि गरेको छ।
बैङ्कको केन्द्रीय कार्यालय धनकुटामा छ। सप्तकोसी डेभलपमेन्ट बैकको कर्पोरेट कार्यालय विराटनगरमा छ। बैङ्कको कर्पोरेट कार्यालयमा रहेको रेमिटेन्स शाखाबाट उक्त रकम हिनामिना भएको भन्दै प्रहरीले अनुसन्धान गरेको थियो।
पुष १४, २०७८ बुधबार २२:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।