कोरोना प्रभावित ९१ संस्थालाई १२ अर्ब पुनर्कर्जा

कोरोना प्रभावित ९१ संस्थालाई १२ अर्ब पुनर्कर्जा

काठमाडौँ : नेपाल राष्ट्र ब्याङ्कले आर्थिक वर्ष २०७८/७९ को मंसीरसम्म ९१ संस्थाको पूनर्कर्जा स्वीकृत गरेको छ। कोभिड–१९ बाट प्रभावित उद्योग, व्यवसायका लागि राष्ट्र ब्याङ्कले पूनर्कर्जा दिएको हो। यसको ब्याजदर ३–५ प्रतिशत छ। 

राष्ट्र ब्याङ्कले १५ विशेष पूनर्कर्जा र ७६ संस्थाको लागि साधारण पूनर्कर्जा स्वीकृत भएको जनाएको हो।

बुधवार सार्वजनिक सुची अनुसार विशेष पूनर्कर्जा रु.२ अर्ब ४५ करोड ७८ लाख र साधारण पुनर्कर्जाको लागि ९ अर्ब ३८ करोड २६ लाख रुपैयाँ स्वीकृत भएको छ।

पुनर्कर्जामध्ये बागमती प्रदेशमा ४७.८६ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ०.८३ प्रतिशत छ। प्रदेश–१ मा १२.८७ प्रतिशत, प्रदेश–२ मा ४.१६, गण्डकीमा ११.६२ र लुम्बिनी प्रदेशमा २२.६६ प्रतिशत हिस्सा छ।  

पर्यटन क्षेत्रका ५१.९७ प्रतिशत पूनर्कर्जा स्वीकृत भएको छ।जलविद्युत् क्षेत्रका लागि १९.९१, उत्पादनमूलक क्षेत्रमा १६.६८, कपडा उद्योगमा ०.४६, यातायात २.०७, शिक्षा ७.२२ र स्वास्थ्य क्षेत्रमा १.६९ प्रतिशत स्वीकृत भएको छ। 

पुष १४, २०७८ बुधबार १७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।