नबिलमा मर्ज हुने चर्चासँगै बङ्गलादेश बैङ्कको सेयर मूल्य बढ्यो

नबिलमा मर्ज हुने चर्चासँगै बङ्गलादेश बैङ्कको सेयर मूल्य बढ्यो

काठमाडौँ :  विनोद चौधरीको परिवारले नेपाल बङ्गलादेश बैङ्कको सेयर किनेसँगै सेयर मूल्य उकालो लागेको छ। चौधरी समूहले विदेशी साझेदारको सेयर किनेको हो।

नेपाल राष्ट्र बैङ्कले नबिलसँग मर्ज गर्ने सर्तमा सेयर किन्ने अनुमति दिएको चर्चासँगै बुधवार बङ्गलादेश बैङ्कको सेयर ९ प्रतिशतले बढ्यो।

बुधवार मध्य भोटेकोसी  प्रिमियम इन्स्योरेन्स र राष्ट्रिय बिमा कम्पनीका शेयर धनीले बजारबाट ५ प्रतिशत भन्दा बढीले आम्दानी गरे। नारायणी डेभलपमेन्ट बैङ्क र समृद्धि फाइनान्सका लगानीकर्ताले बजारबाट धेरै गुमाए।

बुधवार शेयर बजार परिसूचक नेप्से ५.५१ अङ्कले बढेर बन्द भयो।  सरकारले बिहीबार सार्वजनिक बिदा घोषणा गरेपछि यो साताको अन्तिम कारोबार हो। बुधबारदेखि  ३ अर्ब ६२ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ। बुधवार कारोबार भएका १३ उपसमूहमध्ये ८ समूहमा हरियाली छाएको थियो ।

बुधवार २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता शेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा ९१ कम्पनीको शेयर मूल्य बढ्यो भने ८७ कम्पनीको मूल्य घट्न पुग्यो । यस्तै १२ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन देखिएन ।

पुष १४, २०७८ बुधबार १६:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।