नेतृत्व व्यवस्थापन सजिलै हुन्छ : प्रचण्ड 

नेतृत्व व्यवस्थापन सजिलै हुन्छ : प्रचण्ड 

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व व्यवस्थापनमा कुनै समस्या नरहेको बताएका छन्।

माओवादी महाधिवेशन स्थल प्रज्ञा भवनमा पत्रकारसँग कुरा अध्यक्ष प्रचण्डले नेतृत्व व्यवस्थापन सजिलै हुने बताए। 

महाधिवेशनमा केहीबेरमा राजनीतिक र विधान संशोधन मस्यौदामा समूहगत छलफल सकेर निष्कर्ष एवं सुझाव प्रस्तुत हुनेछ। प्रत्येक समूहलाई १५ मिनेटको समय दिइएको अध्यक्ष मण्डलका सदस्य गणेश शाहले जानकारी दिए। 

समूहगत छलफलको निष्कर्ष एवं सुझाव प्रस्तुति सकिएपछि प्रचण्डले जवाफ दिनेछन्। यसपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने माओवादीले जनाएको छ। महाधिवेशनको हलले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। 

हलले चुनेका सदस्यले पदाधिकारी चयन गर्नेछ। अध्यक्ष बाहेकका पदमा आकाङ्क्षी धेरै भए पनि प्रचण्डले सजिलै नेतृत्व व्यवस्थापन हुने बताएका हुन्। 

पुष १४, २०७८ बुधबार १३:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।