माओवादी महाधिवेशनमा समूह नेताले छलफलको निष्कर्ष प्रस्तुत गर्दै

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि २५ वटा समूहमा भएका छलफलको निष्कर्ष समूह संयोजनको जिम्मेवारी पाएका टोली नेताले प्रस्तुत गर्ने माओवादीको प्रचार प्रसार उपसमितिले जनाएको छ।
प्रतिवेदनमाथि समूहगत निष्कर्ष प्रस्तुत गर्न दुई दिन लाग्ने अनुमान गरिएको उपसमितिले जनाएको छ। समूहले प्रस्तुत गरेको सुझाव अनुसार अध्यक्ष प्रचण्डले जवाफ दिनेछन्।
माओवादी महाधिवेशनको हलले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। २९९ सदस्यले केन्द्रीय कमिटीका पदाधिकारी चुन्नेछन्।
पुष १४, २०७८ बुधबार ०९:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।