प्रशासनको आदेशमा निषेधाज्ञा फिर्ता, अदालतको आदेशमा लुटपाटमा संलग्न रिहा

कवारीले विज्ञप्ति निकालेर पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको पूर्वपश्चिम राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५ सय मिटर आसपासको क्षेत्र र चोहर्वादेखि सिरहा सडकखण्डको ५ सय मिटर पूर्वपश्चिम आसपासका क्षेत्रसम्म लगाइएको निषेधाज्ञा हटाइएको जानकारी दिए।
डा सिके राउत नेतृत्वको जनमत पार्टीले विगत तीनदेखि बन्द हडताल गरेको थियो।
सिरहाको औरही गाउँपालिकाले गहुँको बीउ बाँड्न ढिलाइ गरेको भन्दै किसानले गाउँपालिकाको गोदामबाट गहुँ लगेका थिए। गहुँको बीउ लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय किसान मिथिलेश यादवलाई पक्राउ गरेको थियो। जिल्ला अदालत सिरहाले पक्राउ परेका यादवलाई मंगलबार तारेखमा छाड्न आदेश दिएको जनाएको छ।
पुष १३, २०७८ मंगलबार २१:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।