नेप्सेमा सेयर कारोबार ३ अर्बमा सीमित

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर कारोबार रकम घटेको छ। नेप्से २.६६ अङ्कले घटेर २५१८.९९ बिन्दुमा कायम भएको छ।
२३० कम्पनीका ५८ लाख २८ हजार ७८३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३२ रुपैयाँको कारोबार भएको छ।
कारोबार र परिसूचक दुवै घटेको बजारमा व्यापार, विकास बैङ्क, जलविद्युत, उत्पादन तथा प्रशोधन, फाइनान्स र अन्य उपसमूह बढेको छ।
उत्पादन तथा प्रशोधन उपसमूह १३७.९५ अङ्कले बढेको छ। जलविद्युत २४.७८, व्यापार १६.६९, फाइनान्स १४.७८, विकास बैङ्क ४.८३ र अन्य उपसमूह ३.२४ अङ्कले बढेको छ।
जीवन बिमा ३९.२५, निर्जीवन बिमा ३५.२२, माइक्रो फाइनान्स २६.२८, होटल तथा पर्यटन १०.४१ र बैङ्किङ उपसमूह ८.७४ अङ्कले घटेको छ।
पुष १३, २०७८ मंगलबार १५:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।