भारत र चीनको पुँजीवादविरुद्ध मजदुर क्रान्ति : माओवादी नेता राम कार्की

काठमाडौँ : नेकपा माओवादीका नेता राम कार्कीले पुँजीवादविरुद्ध मजदुर क्रान्ति गर्नुपर्ने बताएका छन्।
माओवादीको राष्ट्रिय महाधिवेशनमा स्वतन्त्र प्रस्ताव पेस गर्दै नेता कार्कीले भारत र चीनमा फस्टाएको पुँजीवादविरुद्ध त्यहीँका मजदुरले क्रान्ति गर्नु पर्ने बताए।
पहिला भारत र चीनले शोषणविरुद्ध क्रान्ति गरेको तर, अहिले अवस्था फेरिएको उनको भनाई छ। ‘पुँजीवादले मजदुर पीडित छन्, भारत र चीनका मजदुरले पुँजीवादविरुद्ध क्रान्ति गर्नुपर्छ’नेता कार्कीले भने,‘त्यसमा नेपाली पनि सहभागी बन्नुपर्छ।’
उनले क्रान्तिको नेतृत्व भारतीय र चिनियाँ मजदुरले गर्नुपर्ने बताए। माओवादी अव फेरि आधारभूत वर्गमै फर्किनु पर्ने उनको भनाई छ। ‘माओवादी भविष्यमा हुने क्षतिबाट जोगिनु पर्छ,राजनीतिमा आशा गर्ने हो भविष्यवाणी गर्ने होइन’, नेता कार्कीले भने,‘अब पार्टी आधारभूत वर्गमा फर्किनु पर्छ।’
उनले आफ्नो प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको काउन्टर नभएको उल्लेख गरे। प्रचण्डको राजनीतिक प्रतिवेदन आफूले नपढेको उनले बताए। उनले अब आफूहरू उमेरका हिसाबले अन्तिम गेम खेल्दै गरेको बताए।
पुष १३, २०७८ मंगलबार १५:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।