धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषाः जिल्लाको विदेह नगरपालिका-६ तीनकौरियामा हिजो साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिकाको ५ नम्बर वडाका ६५ वर्षीय विश्वा मण्डल रहेका छन्।
उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा गए राति सवा ११ बजे मृत्यु भएको हो। हिजो बेलुकी ७ बजे ज१०प ८०४८ नम्बरको मोटरसाइकलले मण्डललाई ठक्कर दिएको थियो।
मोटरसाइकलसहित चालकलाई प्रहरी चौकी गिद्दाले नियन्त्रणमा लिएको छ।
पुष १३, २०७८ मंगलबार १४:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।