बाक्लो तुँवालोका कारण त्रिभुवन विमानस्थलको उडान प्रभावित

बाक्लो तुँवालोका कारण त्रिभुवन विमानस्थलको उडान प्रभावित

काठमाडौंः आज बिहानैदेखि लागेको बाक्लो तुँवालोका कारण त्रिभुवन विमानस्थलको उडान प्रभावित बनेको छ। विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको हो। 

काठमाडौंको आकासमा बिहानैदेखि बाक्लो तुँवालो लागेर भिजिबिलिटी कम हुँदा दुवैतर्फका उडान प्रभावित भएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले बताए। 

उनका अनुसार आन्तरिकतर्फ आइएफआर उडान मात्र भइरहेको छ। अन्तर्राष्ट्रियमा पनि बिहान उडान प्रभावित भए पनि हाल सामान्य अवस्था रहेको छ।

बिहान दिल्लीबाट आएको इथोपियन एयरलाइन्सको जहाज डाइभर्ड गरिएको थियो। हाल विमानस्थलको भिजिबिलिटी तीन हजार मिटर छ। 

पुष १३, २०७८ मंगलबार १३:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।