सुनको मूल्य तोलामा दुई सयले घट्यो

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ। आज छापावाल सुन तोलामा ९३ हजार रुपैयाँ तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ५०० कायम भएको छ।
आज चाँदीको मूल्य अघिल्लो प्रतितोला १० रुपैयाँले बढेर एक हजार २६० पुगेको छ।
पुष १३, २०७८ मंगलबार १२:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।